१० साउन २०८३, आइतबार

विधानको मस्यौदामाथि सुझाव संकलन गर्न प्रदेशस्तरीय कार्यक्रमलाई तिव्रता दिँदै जसपा

विधानको मस्यौदामाथि सुझाव संकलन गर्न प्रदेशस्तरीय कार्यक्रमलाई तिव्रता दिँदै जसपा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । ​जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रमहरु गरेर सुझाव संकलन गरिरहेको छ । 

शनिबार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र प्रदेशस्तरीय भ्रातृसंगठनका पदाधिकारीहरु सहभागि हुने गरेका छन् । 
भ्रातृसंगठनहरुको चैत्र १३ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ट्रेड युनियन महासंघले १२ गते, बौद्धिक पेसाकर्मी महासंघले १४ गते विधानको मस्यौदामाथि सुझाव पेस गर्ने गरी अन्तरक्रिया र छलफलको कार्यक्रम तय गरेका छन् । 

जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्