१० साउन २०८३, आइतबार

रोकिएको जग्गा कित्ताकाट खुलाउन रसुवाका पालिकाको पहल

रोकिएको जग्गा कित्ताकाट खुलाउन रसुवाका पालिकाको पहल
प्रतिकात्मक तस्वीर

गत असारको तेस्रो हप्तादेखि रोकिएको जमिन कित्ताकाट खुलाउन रसुवाका पालिकाले पहल शुरूआत गरेका छन् ।

यसलाई कार्यान्वयन गर्न यहाँका ५ गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव संकलन सम्पन्न गरेको छ ।
 
आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई  पत्राचार गरेको थियो ।  

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव संकलन कार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए । भूउपयोगको नीतिअनुरूप संकलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए ।

कृषिका लागि २ रोपनी र घडेरीका लागि साढे ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने भूउपयोग नीतिले औंल्याएको छ । 

असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण ३० लाख रुपैयाँभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिस्टे«सन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिस्ट्रेसन कार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।

नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बर सहितको लगत संकलन शुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्