०९ साउन २०८३, शनिबार

उपाध्यक्ष भूसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने, गृह मन्त्रालयमा दाबी

उपाध्यक्ष भूसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने, गृह मन्त्रालयमा दाबी

वेदुराम भुसालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने भएको छ। 

सत्ता समीकरण फेरिँदा सानासँगै ११ दलहरू मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए। 

पछिल्लो पटक बसेको सत्ता गठबन्धनको बैठकबाट नेकपा एसले बढीमा ३ वटा (एक राज्यमन्त्रीसहित) मन्त्रालय पाउने देखिएको छ। 

प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एसले २ मन्त्रालय पाउँदा राष्ट्रिय सभा सदस्य भुसालले पार्टीको नेतृत्व गर्ने सम्भावना रहेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

‘सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाँदा बेदुरामजी, प्रकाश ज्वाला र राजेन्द्र पाण्डेमध्ये एक जना जाने हो’, खतिवडाले भने, ‘मन्त्रालय कति पाइन्छ । त्यसअनुसार हामी को पठाउने भन्ने टुंग्याउँछौं ।’

यी तीनमध्ये बेदुराम र ज्वाला सरकारमा जाने सम्भावना बढी रहेको उनको आशय थियो।

नेकपा एसले ३ मन्त्रालयमा दाबी गरेको छ । तर भागबण्डामा २ सम्म मन्त्रालय पाउने सम्भावना अधिक छ । 

नेकपा एसले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ । तर गृह माओवादी नै लिने तयारी गरेको छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ गृहमन्त्री भए उनले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालय नेकपा एसको भागमा पर्नेछ । 

‘हामी सरकारमा गएर के गर्ने ? सरकारका नीति, कार्यक्रम र उद्देश्य के हुने भन्नेमा पहिले प्रस्ट हुनुपर्छ भन्नेमा छौं’, खतिवडाले भने, ‘यसपछि बल्ल सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्