२३ असार २०८३, मंगलबार

अपराध र अपराधीसँग सम्झौता गर्दिनँ- नवनियुक्त महानिरीक्षक

अपराध र अपराधीसँग सम्झौता गर्दिनँ- नवनियुक्त महानिरीक्षक

नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले अपराध र अपराधीसँग सम्झौता नगर्ने बताएका छन्  

आज (आइतबार) गृहमन्त्रालयमा कुँवरलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइएको थियो। 

शुक्रबार सरकारले वरीयातको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो । आज उनलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

आईजीपी कुवँरले प्रहरीमा सुधार आवश्यक रहेको भन्दै आफ्नो कार्यालयमा प्रहरीमा हुने गल्ती कमजोरीलाई सुधार्ने प्रतिबद्धता गरेका छन् । कार्यक्षमता मूल्यांकनमा आधारमा प्रहरीको क्षमतामा अभिवृद्धिलागायत विषयमा विशेष ध्यान दिने आईजीपीले बताए ।

 ‘मेरो कार्याकालमा कार्यसम्पादन मूल्यांकनलाई विशेष ध्यान दिनेछु,’ कुँवरले भने ।

देशमा भएका नयाँ नयाँ अपराधको चुनौती थपिएको र त्यसका लागि देशमा सुरक्षाको अमनचयन र गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए। 

सफल अनुसन्धान गर्न, शान्ति राख्न प्रहरी अगाडि रहे पनि सरोकार निकायबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।

उनले आफूले गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान प्रहरीका उच्च अधिकृतहरूको एउटा सुपरभिजनका लागि समूह बनाएर काम गर्ने बताए। 

salt training

कमेन्ट गर्नुहोस्