०६ असार २०८३, शनिबार

हवाई उडानमा चरम लापरवाही, ठोकिनबाट जोगियो नेपाल एयरलाइन्स र एयर इण्डिया

हवाई उडानमा चरम लापरवाही, ठोकिनबाट जोगियो नेपाल एयरलाइन्स र एयर इण्डिया

पछिल्लो समय हवाई उडानमा चरम लापवाही हुन थालेको छ ।

ग्राउण्डमा हुने लापरवाहीदेखि आकाशमा जहाज उडानमा पनि हुने कमजोरी पनि बढेको छ । 

आकासमा उडिरहेका दुई जहाजलाई होल्ड गराउने क्रममा शुक्रवार एयर इण्डियाका पाइलटले चरम लारवाही गर्दा वायुसेवा निगमको जहाजसँग ठोकिनबाट बचेको छ । 

शुक्रबार सिमरामाथिको आकाशमा १९ हजार फिटमा होल्ड गरिरहेको एयर इण्डिया र १५ हजार फिटमा रहेको वायुसेवा निगमको जहाज एक आपसमा ठोकिनबाट बचेको हो ।

एयर इण्डियाको जहाजलाई चालक दलले एक्कासि तल १५ हजारसम्मको फिटको उचाइमा झारेका थिए । त्यतिबेला सो उचाइमा रहेको वायुसेवा निगमको जहाजलाई एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले १५ सय मिटर तल झार्न निर्देशन दिन भ्याएकाले सम्भावित दुर्घटना टरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनका अनुसार एयर इण्डियाएको जहाजलाई भने १६ हजार फिटमा जान एटीसीले निर्देशन दिएका थिए । दुवै जहाज एक्कासि तल झर्नुले जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।

उक्त घटनामा एटीसीलाई निलम्बन गरेर अनुसन्धान शुरु भएको छ ।

एटीसीको के निर्देशन दियो र एयर इण्डियाले अस्वभाविक जहाज तल झार्यो भन्ने विषयमा २ जना प्राविधिकको एक टोलीले अध्ययन गरिरहेको छ ।

एयर इण्डियाको जहाजका पाइलटलाई पनि आवश्यक कारबाही गर्न भारतीय वायुसेवाको नियामक निकायलाई पत्राचार गरिएको प्राधिकरणले जानकारी दिएको छ । 

सामान्यतया आकाशमा दुई जहाजबीच न्यूनतम १ हजार फिटको दूरीमा हुन्छन् । त्योभन्दा नजिक आउँदा जहाजमा रहेको टिकासले अर्को जहाज नजिक रहेको संकेत भने गर्छ ।

एक्कासि जहाज तल झर्दा यस्तो संकेतलाई पनि अटेर गर्दा दुर्घटनाको जोखिम बढ्छ । 

कमेन्ट गर्नुहोस्