
प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ ।