०२ साउन २०८३, शनिबार

डिफेण्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेण्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । 
‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाएपनि  फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरlयो ।

पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनि बीरगञ्जले स्कोर बनाउन सकेन ।
खेलको ५४ औं मिनटमा वीरगन्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरे । 

खेलको ७४ औं मिनटमा वीरगन्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापामगरको क्रसबलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरीन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनटमा अर्को अवसर गुमायो । निरज थापामगरको क्रसपासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनटमा बीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोष्ट नजिकबाट बाहिरियो ।

प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण बीरगञ्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो । 
खेलको सातौं मिनटमा कृति रत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरlएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोललाईनबाट क्लिएर गरेका थिए ।

एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दशहजार नगदसहित ट्रफी प्राप्त गरे । 
प्रतियोगिता अन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाविच तेस्रो क्वाटर फाइनल खेल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्