×

‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल

चैत १२, २०७९

घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् ।

पूर्वप्रधानमन्त्रीद्वयसँगै पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुगेर चलचित्र हेरेका हुन् ।


Advertisment

राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर बुनिएको कथामा तयार भएको चलचित्र हेरेर नेताहरूले निर्माण टिमलाई बधाई दिएको निर्माता तथा कलाकार निर्मल शर्माले जानकारी दिए । “दर्शकसँगै बसेर चलचित्र हेर्नुभयो । उहाँहरूले आफैँले टिकट समेत खरिद गर्नुभएको हो”, निर्माता शर्माले भने, “देशलाई अगाडि बढाउने नेतागणले चलचित्र र यो क्षेत्रलाई दिनुभएको समयप्रति कृतज्ञ छौँ । उहाँहरूको सहयोगले नै यो उद्योगले अन्य झैँ फड्को मार्नेछ ।” 


Advertisment

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वयले चलचित्र हेर्ने खबर पाएपछि निर्माता शर्मासँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री बेनिशा हमाल र अभिनेता तथा हास्य कलाकार केदार घिमिरे चलचित्र भवन पुगेका थिए । 

समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने चलचित्रले घरेलु बजारमै रु १० करोडभन्दा बढीको ग्रस व्यापार गरिसकेको निर्माण पक्षको दावी छ । 
 

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

असार २४, २०८१

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेर एउटा सन्देश प्रवाह गरेको छ । असार (१६–२१)मा सम्पन्न महाधिवेशनले पार्टीका नेता–कार्यकर्ता, प्रतिस्पर्धी दल, निजी क्षेत्रलगायत नेपालप्रति चासो राख्ने मित्रराष्ट्र ...

x