०७ साउन २०८३, बिहीबार

प्रेमिकालाई बसाएर रफ्तारमा कार हुइँकाउँदा प्रेमीलाई जेल !

चैत १३, २०७९
प्रेमिकालाई बसाएर रफ्तारमा कार हुइँकाउँदा प्रेमीलाई जेल !

प्रेमिकालाई कारमा बसाएर रफ्तारमा कार हुइँकाउने प्रेमी जेल परेका छन् ।

अमेरिकाको फ्लोरिडाका २२ वर्षीय जेवोन पियरे प्रेमिकासँगै कारमा सवार भई १६० किलोमिटर प्रतिघण्टाको गतिमा कार चलाइरहेका थिए । त्यति नै बेला ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

ट्राफिक नियमअनुसार सो क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टाको गतिसीमा थियो । उनको तीब्रगति सडक किनारका क्यामेरामा पनि कैद भएको थियो ।

प्रेमीले तीब्र गतिमा गाडी चलाएको, लेन अनुशासन उल्लंघन गरेको, गलत तरिकाले ओभरटेक गरेको आरोप प्रहरीले लगाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्