२५ असार २०८३, बिहीबार

पाकिस्तानका गृहमन्त्रीले भने – कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

चैत १३, २०७९
पाकिस्तानका गृहमन्त्रीले भने – कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल भइरहेका बेला पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले गम्भीर बयान दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री राणाले कि इमरान खान मारिने वा कि आफू मारिने अभिव्यक्ति दिएका छन् ।

प्रहरीले खानलाई पक्राउ गर्न खोज्दा उनका समर्थकले अवरोध गरिरहेका छन् । सरकारले यसलाई अराजकता भनेको छ ।

‘देशको राजनीतिलाई यस बिन्दुकमा लगिँदैछ कि या त इमरान खान मारिनेछन्, या म मारिनेछु,’ उनले भने, ‘अब हामी २ मध्ये एकै रहनसक्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्