२३ असार २०८३, मंगलबार

जर्मनीमा सार्वजनिक सवारी मजदूरहरूको हडताल, तलब बढाउन माग

चैत १३, २०७९
जर्मनीमा सार्वजनिक सवारी मजदूरहरूको हडताल, तलब बढाउन माग
Christopher Neundorf

जर्मनीको सार्वजनिक सवारी मजदूरहरूले गरेको २४ घन्टे हडतालका कारण सोमवार बस, ट्रेन र विमानहरू रोकिएका छन् । 

हडतालको तयारीका कारण नै सप्ताहान्तमा यात्रा अवरुद्ध भएका थिए । 

सार्वजनिक क्षेत्रका रोजगारदाताहरूले दुईवटा प्रमुख ट्रेड युनियनसँग तलब बढाउने विषयमा सम्झौता गर्न खोजिरहेका छन् । तेस्रो चरणको वार्ता शुरू भएलगत्तै हडताल आयोजना गरिएको हो । 

विमान कर्मचारीको हडतालका कारण लगभग ४ लाख यात्रुहरूले ढिलाइ वा यात्रा रद्द गर्नुपरेको छ । 

हडतालका कारण प्रमुख बन्दरगाहहरूमा मालवाहक र यात्रुवाहक जहाजहरूको आवागमनमा पनि बाधा पुगेको छ । 

अनि रेलवेका ३० हजारभन्दा बढी मजदूर पनि हडतालमा सहभागी भएपछि रेलसेवा रोकिएको छ । लामो तथा छोटो दूरीका रेलहरू गुडेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्