असोज ६, २०८०
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ र...
अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।
काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताएका छन्। सोमबारको घटना खाजा समयको वरिपरि भएको थियो ।
खामा प्रेसका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारी आफ्नो कार्यालयबाट निस्कने क्रममा विस्फोट भएको हो । "मलिक अजगर स्क्वायरमा ... आत्मघाती आक्रमणकारीलाई चेक पोइन्टमा नपुग्दै पहिचान गरी मारिएको थियो, तर उसको विस्फोटक पदार्थ विस्फोट भयो," काबुलका प्रहरी प्रवक्ता खालिद जद्रानले भनेका छन् । उनले तालिबान सुरक्षा बलका तीन सदस्यसहित कैयौँ व्यक्ति घाइते भएको पनि बताएका छन् ।
यसअघि प्रत्यक्षदर्शीहरूले टोलो न्यूजलाई दाउदजाई ट्रेड सेन्टर नजिकै परराष्ट्र मन्त्रालयको सडकमा विस्फोट भएको पुष्टि गर्दै यसलाई ठूलो विस्फोटको रूपमा लिएका छन् । काबुलको आपतकालीन एनजीओले ट्विटरमा आज दिउँसो परराष्ट्र मन्त्रालय नजिकै भएको विस्फोटबाट १२ जना घाइते भएको जानकारी दिएको छ ।
विष्फोटमा परी घाइते हुनेमा एक बालक समेत रहेको बताइएको छ । तालिबान अधिकारीहरूले अहिलेसम्म यस घटना बारे कुनै टिप्पणी गरेका छैनन् । अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन।
काबुल र अन्य शहरी क्षेत्रहरू पछिल्ला महिनाहरूमा धेरै आक्रमणका घटना बढेका छन् जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्। जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तिमा पाँच व्यक्तिको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए ।
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ र...
एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...
युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता ...
न्युयोर्क– ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्का...
हाङ्झाउ–सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका छन् । राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो दुई...
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको बीएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...