०५ असार २०८३, शुक्रबार

बारामा आगलागीबाट ६ घरगोठ नष्ट

बारामा आगलागीबाट ६ घरगोठ नष्ट
प्रतिकात्मक तस्वीर

बाराको सिम्रौनगढमा मंगलवार बिहान भएको आगलागीबाट ६ घरगोठ जलेर नष्ट भएका छन् ।  

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करीब १० लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको  वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।

आगोले नगद, अन्नपात, लत्ताकपडा लगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो १ घण्टापछि  प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्