०५ साउन २०८३, मंगलबार

काका–भतिजीको ‘लभ’ चक्करमा गोली प्रहार !

चैत १४, २०७९
काका–भतिजीको ‘लभ’ चक्करमा गोली प्रहार !
प्रतिकात्मक तस्वीर

भारतको उत्तर प्रदेशको बान्दामा काका–भतिजीबीच ‘लभ’ परेपछि आक्रोशित आफन्तले गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

भतिजी गरगहना र नगद रुपैयाँ लिएर काकासँग भागेकी थिइन् । त्यसपछि आफन्तले खोजी गर्दा फेला परेका काकामाथि युवतीका भाइको गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट घाइते काकाको अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते प्रेमी काकालाई भेट्न युवती पनि अस्पताल पुगेकी थिइन् ।

स्थानीय प्रहरी अधीक्षक लक्ष्मी निवास मिश्रले काका–भतिजीबीच वर्षाैंदेखि प्रेम रहेको खुलेको बताए । भतिजीलाई भगाउने काका र गोली प्रहार गर्ने भतिजाविरुद्ध प्रहरीमा मुद्दा दायर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्