
हिन्दुहरूको पर्व रामनवमीको दिन कर्णाली प्रदेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यो पटकको रामनवमी चैत १६ गते बिहीबारको दिन परेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज एक सूचना निकाल्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिदा दिन लागिएको सूचनामा उल्लेख छ।
