०५ साउन २०८३, मंगलबार
सरकार विस्तारको तयारी

कांग्रेसबाट यी हुन् मन्त्रीका सम्भावित ८ अनुहार

कांग्रेसबाट यी हुन् मन्त्रीका सम्भावित ८ अनुहार

यस अघि एमालेले नै लिएका अधिकांश ८ मन्त्रालय लिने तयारी गरेको कांग्रेसबाट मन्त्रीको पनि लगभग टुंगो लागेको बताइएको छ । 

सरकारमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै लिने देखिएको छ । यसमा बढीमा २ वटा मन्त्रालय मात्रै हेरफेर हुन सक्ने कांग्रेस स्रोत बताउँछ । 

कांग्रेसबाट नेतृत्व गरेर उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्का सरकारमा जाने बताइन्छ । उनले गृह चाहे पनि यो मन्त्रालय माओवादीले आफैंसँग राख्ने तयारी गरेको छ । तर उनी अर्थ लिएर जाने कि रक्षा मन्त्री भएर सरकारमा जाने भन्ने टुंगोमा पुग्न नसकेको बताइन्छ । 

सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेपछि खड्का र महतबीच प्रतिस्पर्धा भइरहेको बताइन्छ । यो प्रतिस्पर्धा अर्थमा खड्काले बाजी मारे महतले परराष्ट्र मन्त्रालय सम्हाल्नेछन् । यद्यपि महतको अर्थमन्त्री बन्ने सम्भावना धेरै भएको कांग्रेस सभापति स्रोतको दाबी छ । 

कांग्रेसले ८ मन्त्रालय पाउँदा देउवा पक्षका ६ र शेखर पक्षका दुई जनाले मन्त्री हुने अवसर पाउनेछन् । 

शेखर पक्षबाट मन्त्रीका लागि धनराज गुरुङ र डिगबहादुर लिम्बू मुख्य दाबेदार छन् । 

देउवा क्याम्पबाट सहमहामन्त्री किशोरसिंह राठौर, एनपी साउद, रमेश रिजाल र सीता गुरुङ मन्त्रीका लागि सबैभन्दा बलिया दाबेदार हुन् । तर पार्टीले पाउने मन्त्रालयको नाम टुंगो लागेर पार्टीले निर्णय नगरेसम्म यी नाममा पनि तलमाथि हुन सक्ने बताइन्छ । 

यीबाहेक संस्थापनबाट मन्त्रीका लागि उदयशमशेर राणा, विनोद चौधरी अर्थमन्त्रीका दाबेदार हुन् । तर देउवाले यो मन्त्रालय महतलाई दिन खोजे पनि उनीहरू परराष्ट्र मन्त्रीको लबिङमा लागेको बताइन्छ । मोहबहादुर बस्नेत, रामहरि खतिवडा, वीरबहादुर बलायर, श्याम घिमिरे, अजय चौरसिया मुख्य दाबेदार छन् । 

युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहल गरिरहेको बताइन्छ । सभापति देउवालाई नै भेटेर उनीहरूले युवा नेता पौडेललाई मन्त्री बनाएर सकारात्मक सन्देश दिन आग्रह गर्दै आएका छन् । 

कांग्रेसले मन्त्री चयन र उपचुनावका लागि उम्मेदवार चयन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक नै भोलिका बिहीबारका लागि सारेको छ । मंगलबार बिहान ९ बजेलाई बोलाइएको बैठक दुई दिन पछाडि सारेको हो । 

salt training

कमेन्ट गर्नुहोस्