०८ साउन २०८३, शुक्रबार
सरकार विस्तारको तयारी

मन्त्रालय बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मन्त्रालय बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक चलिरहेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारी निवास बालुवाटारको बैठकमा कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्तिसहित दलका नेता सहभागी छन् । 

लामो समयदेखि मन्त्रालय बाँडफाँटकको विषय टुंगोमा पुगेको थिएन। सत्ता गठबन्धनमा रहेका दलहरूको अडानका कारण प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न सकेका थिएनन्। 

प्रधानमन्त्रीले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादीलाई ४, नेकपा एस, जसपा र रास्वपालाई २/२ मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ । तर यी तीनवटै दलले ३/३ मन्त्रालया दाबी गरेका छन् ।

लोसपा, जनमत र नागरिक उन्मुक्तिलाई १/१ मन्त्रालय दिने तयारी गरेका छन् । तर यी दलको दाबी २/२ मन्त्रालयमा छ । मन्त्रालयभन्दा दाबी बढी भएपछि प्रधानमन्त्रीले समयमा सरकार विस्तार गर्न नसकेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्