
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिजन नभएका युवा राजनीतिमा आएर देशमा परिवर्तन नहुने बताएका छन् ।
टिकटकमा चटके कुरा गरेको भरमा कोही सरकारमा मन्त्री बनेको उनले टिप्पणी गरे ।
पाल्पाको तानसेन माडी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले योगदानविना राजनीतिमा आएका युवाले देशमा परिवर्तन गर्न नसक्ने बताए।
‘टिकटकमा चटके कुरा गरेको भरमा सरकारमा मन्त्री बनेका छन्, एमालेबाट युवा उठायो भने केटाकेटी उठायो भन्छ’, ओलीले भने, ‘शेरबहादुरजी ८० वर्ष पुग्नुभयो बुढो कसैले भन्दैन, म रातदिन हिँडिरहेको छु, मलाइ बुढो भन्दिन्छन् ! उहाँभन्दा म १० वर्षले कान्छो छु । उहाँ शेरबहादुर दाइ रे !’
ओलीले एमाले सरकारमा रहेको समयमा विकासको लहर ल्याए पनि पार्टीलाई सरकारबाट हटाउने षडयन्त्रपछि विकासको गति रोकिएको दाबी गरे ।