०१ असार २०८३, सोमबार

सत्ता गठबन्धन बैठकमा मन्त्रालय बाँडफाँटको विषय नै प्रवेश भएन- कांग्रेस प्रमुख सचेतक

सत्ता गठबन्धन बैठकमा मन्त्रालय बाँडफाँटको विषय नै प्रवेश भएन- कांग्रेस प्रमुख सचेतक
फाइल तस्वीर

१० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ ।

मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको हो ।

मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आफ्नो आफ्नो दाबी नछोड्दा विना निष्कर्ष सकियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने बताए। उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए। 

‘सरकारपक्षीय राजनीतिक दलका नेताहरूको बेठक बस्यो, सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । भोलि फेरि बस्ने भन्नेछ । भागबन्डाबारेमा छलफल भएन । सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्ने कुरा भयो । सरकार चाँडै बिस्तार हुनेगरी छलफल भयो । मन्त्रालय नमिल्ने भन्ने समस्या छैन । गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ । मन्त्रालयका बारेमा कुनै विवाद छैन ।’

प्रमुख सचेतक लेखकले मन्त्रालयबारे केही समस्या नरहेको पनि बताए। आजको बैठकमा मन्त्रालय बाँडफाँटको विषयले प्रवेश नपाएको उनको भनाइ थियो। 

salt training

कमेन्ट गर्नुहोस्