१८ असार २०८३, बिहीबार

हिमाल सफा राख्न जनसहभागिता गराउनुपर्छः प्रधानसेनापति शर्मा

हिमाल सफा राख्न जनसहभागिता गराउनुपर्छः प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाइ अभियानमा जनस्तरबाट सहभागी हुनुपर्ने बताएका छन् । मंगलबार जङ्गी अड्डामा ‘सफा हिमाल अभियान–२०२३’को झन्डोत्तोलन गर्दै सेनापति शर्माले नागरिकको सहभागितामा मात्रै यो अभियान सफल हुने बताएका हुन् ।

‘यो सार्वजनिक महत्वको र जनचासोको विषय भएकाले यस्ता समस्या समाधान गर्न जटिल छ ।  यसलाई कालान्तरमा लैजान जनसहभागिताको आवश्यक पर्छ, प्रधान सेनापति शर्माले भने । 
नेपाली सेनाले विगतका अनुभवबाट अबको हिमाल सफाइमा थप राम्रो काम गर्ने उनको भनाइ छ ।   विश्वमा हरितगृह ग्यासको असरले नेपालका हिमालमा असर परेको छ भने त्यसको असरलाई न्यूनीकरण गर्न नेपाली सेना र सरकारी निकायले मिलेर काम गर्दै आएका छन् । सेनाले आफ्नो जनशक्तिको १० प्रतिशत जनशक्ति पर्यावरणमा खटाएको सेनापति शर्माले जानकारी दिए । 

null

सेनाले आजदेखि चौथो सफा हिमाल अभियान सुरुवात भएको जनाएको छ । सेनाले सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुथे हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । यस अन्तर्गत सेनाले सगरमाथा र ल्होत्से हिमालको बेसक्याम्प वरपर ३ टन  र बेसक्याम्प माथिबाट १२ टन गरी १५ टन तथा  अन्नपूर्ण हिमाल बेसक्याम्प वरपर ३ टन  र बेसक्याम्प माथिबाट ७ टन गरी  १० टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । यसैगरी बरुथेको बेसक्याम्प माथिबाट ५ टन र बेस क्याम्प वरपरबाट ५ टन गरी १० टन संकलनको लक्ष्य लिएको छ । 

सेनाले सन् २०१९ बाट हिमाल सफाइ अभियान थालेको  थियो । ०१९ मा १० टन, सन् २०२१ मा २७.६ टन र सन् २०२२ मा ३३.८ टन फोहोर गरी अहिलेसम्म ७२ टन फोहोर र ४ वटा शव संकलन गरेको सेनाले जनाएको छ । 
संकलन गरेको फोहोरलाई कुहिने र नकुहिने गरि २ भागमा छुट्याएर कुहिने जित स्थानीय तहलाई हस्तान्तरण गरिने छ । नकुहिनेचाहिँ वेस्ट म्यानेजमेन्ट कम्पनीलाई दिने सेनाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्