०३ असार २०८३, बुधबार

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर मंगलवार राति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसूस गरिएको थियो । 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर चैत १० गते ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्