०४ असार २०८३, बिहीबार

एक लाखसम्मको कारोबारमा केवाईसी लागू हुने

एक लाखसम्मको कारोबारमा केवाईसी लागू हुने

बैङ्क  तथा  वित्तीय  संस्थाबाहेकका  भुक्तानीसम्बन्धी  कार्य  गर्ने  अनुमतिपत्र  प्राप्त  संस्थालाई  एक  लाखसम्मको  कारोबारमा  सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी  एकीकृत  निर्देशन–२०७९  मा  संशोधन गर्दै वार्षिक एक लाख रुपियाँसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा  सम्पत्ति  शुद्धीकरण  निवारण  नियमावली,  २०७३ को व्यवस्थाबमोजिम वार्षिक एक लाख रुपियाँसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा यस्ता संस्थाले सरलीकृत ग्राहक पहिचानको प्रक्रिया  अवलम्बन  गर्न  सक्ने  राष्ट्र  बैङ्कले  भुक्तानी  सेवा  प्रदायक  संस्थालाई  गरिएको  परिपत्रमा उल्लेख छ, गोरखापत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्