३१ असार २०८३, बुधबार

केही दलहरू मिलेर भ्रष्टाचारी बचाउने अभियान थालेका छन् : भारतीय प्रधानमन्त्री मोदी

चैत १५, २०७९
केही दलहरू मिलेर भ्रष्टाचारी बचाउने अभियान थालेका छन् : भारतीय प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दलहरूले मिलेर भ्रष्टाचारी बचाउने अभियान थालेको बताएका छन् ।

भ्रष्टाचारीमाथि छानबिन हुँदा सरकारी संयन्त्रमाथि नै प्रश्न उठाउने गरिएकोतर्फ लक्षित गर्दै प्रधानमन्त्री मोदीले भ्रष्टाचारबाट जोगिन सरकारमाथि हमला गर्ने गरिएको बताए ।

उनले भने, ‘जो व्यक्तिहरू भ्रष्टाचारमा लिप्त छन्, उनीहरूमाथि छानबिन हुँदा छानबिन गर्ने एजेन्सीहरूमाथि नै हमला गरिन्छ ।’

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले २ वर्ष जेल सजाय सुनाएपछि देशभर विरोध भइरहेको सन्दर्भमा उनले भने, ‘जब अदालत कुनै फैसला सुनाउँछ भने त्यसमाथि प्रश्न उठाइन्छ । केही दलहरूले मिलेर भ्रष्टाचारी बचाउने अभियान थालेका छन् ।’

भ्रष्टाचार नियन्त्रण र कारवाही गर्ने संवैधानिक संस्थाहरूमाथि आक्रमण गर्ने र विश्वसनीयता ध्वस्त पार्ने षड्यन्त्र भइरहेको उनले बताए । ‘आज सबै भ्रष्टाचारी एकै मञ्चमा आइरहेका छन्, भारतीय जनता पार्टी (भाजपा) सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएको छ । सरकारले भ्रष्टाचार र भ्रष्टाचारीको जरा हल्लाएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्