रुसले यार्स अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तथा हजारौं सैनिकहरूका साथ अभ्यास थालेको त्यहाँको रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ ।
आफ्नो आणविक शक्ति देखाउनका लागि रुसले यस अभ्यासमार्फत प्रयास गरेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
टोपोल प्रणालीलाई विस्थापित गरी रुसले यार्स क्षेप्यास्त्र प्रणाली उपयोग गर्न थालेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई रुसको अविजित हतियार तथा जमीनबाट मार हान्ने प्रमुख आणविक हतियारका रूपमा विकसित गर्न खोजेका छन् ।
‘समग्रमा तीन हजारभन्दा बढी सैनिक तथा लगभग ३०० सैन्य सामग्री अभ्यासमा सहभागी छन्,’ रक्षा मन्त्रालयले टेलिग्राममा बयान दिँदै जनायो ।
अभ्यासमा स्ट्राटेजिक मिसाइल फोर्सेस सहभागी छन् ।