२५ असार २०८३, बिहीबार

भोलिदेखि पैसा नतिरी ट्विटरमा ब्लु टिक नपाइने

चैत १७, २०७९
भोलिदेखि पैसा नतिरी ट्विटरमा ब्लु टिक नपाइने

ट्विटरका नयाँ मालिक इलोन मस्कले अप्रिल १ देखि सित्तैमा पाइँदै आएको ब्लु टिक हटाउन लागेका छन् । 

पैसा तिर्ने प्रयोगकर्ताले मात्र लिगेसी चेक मार्क अर्थात् ब्लु टिक पाउने मस्कको भनाइ छ । 

सित्तैमा ब्लु टिक पाउनेहरू भ्रष्ट भएको भनी केही दिनअघि मस्कले बयान दिएका थिए । 

उनले ट्विटर ब्लु सबस्क्रिप्शन ल्याएका छन् जुन पैसा तिरेर पाइन्छ । 

ब्लु टिक भएकाहरूले लामो पोस्ट गर्न पाउँछन् अनि ट्वीटलाई एडिट गर्न पनि पाउँछन् । 

मस्कको यो निर्णयले ट्वीटेहरूलाई निराश बनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्