०२ साउन २०८३, शनिबार
गृहमा नारायणकाजीको दोस्रो इनिङ्स

भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, काममा ५ मिनेट ढिलाइ पनि स्वीकार्य हुन्न– गृहमन्त्री

भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, काममा ५ मिनेट ढिलाइ पनि स्वीकार्य हुन्न– गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो सबैभन्दा पहिलो प्राथमिकता रहेको बताएका छन् ।

गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

'भ्रष्टाचार कुनै पनि बहानामा सह्य हुँदैन,' उनले भने, 'हाम्रो मन्त्रालय वा निकायबाट हुने काममा यदि कहीँ कतैबाट भ्रष्टाचार भयो भने त्यस्ता कार्यलाई कुनै पनि किसिमले सहँदैनौं ।'

अपराधलाई छुट नदिने, अपराधीलाई दण्डित गर्ने पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । 

सुरक्षा निकायलाई प्रभाव र दबाबमा नरही संविधान, ऐन, कानून अनुसार काम गर्न उनले सुरक्षा निकायलाई निर्देशन समेत दिए ।​

सम्भ्रान्तलाई पुलिसकोमा पुग्न पनि नपर्ने तर, गरीब निमुखाको प्रहरीमा पहुँच नै नहुने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।​

उनले हरेक काममा समयको पालना गर्नमा आफू सधैं प्रतिबद्ध रहेको बताए ।

'देश पछाडि पर्नुको धेरै कारणमध्ये समयको पालना नहुनु पनि एक हो । त्यसैले कुनै पनि हालतमा समयको अवज्ञा मान्य हुँदैन । पाँच मिनेट ढिलाइ पनि मलाई बर्दास्त हुँदैन ।'

salt training

कमेन्ट गर्नुहोस्