२० असार २०८३, शनिबार

फेरि बढ्दैछ कोरोना संक्रमण

फेरि बढ्दैछ कोरोना संक्रमण

नेपालमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार १ हजार ७९ जनामा गरिएको परीक्षणमा १४२ जनामा संक्रमण देखिएको छ । 

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा संक्रमण देखिएको थियो । संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेका छन् ।

शुक्रवार सक्रिय संक्रमितको संख्या १६३ पुगेको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताए । उनले खुला सीमा नाकाबाट संक्रमित नेपाल भित्रिएको हुनाले संक्रमण बढेको बताए ।

भारतको उत्तर प्रदेशमा संक्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्