
राजधानी आएर आन्दोलन गरिरहेका मिटरब्याजी पीडितहरुले शनिबार प्रधानमन्त्रीलाई भेट्दै छन् ।
बिहान ८ बजे प्रधानमन्त्रीले मिटरब्याजीसँग छलफल गर्न लागेका हुन् । सो क्रममा उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो मागबारे जानकारी गराउँदै समस्या समाधानका लागि आग्रह गर्ने मिटरब्याजी पीडित संघर्ष समितिले जनाएको छ ।
यसअघि पीडितहरुले सरकारद्वारा ठगित वार्ता टोलीसँग दुई चरणमा छलफल भएपनि सहमति हुन सकेको छैन ।