×

NMB BANK
NIC ASIA

पोखरा महानगरमा सुशासन सहितको सहकारी निर्माणमा जोड

चैत १८, २०७९

NTC
Premier Steels

पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठीले सुशासन सहितको उत्कृष्ट, गुणस्तरीय, दीगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

Muktinath Bank

‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका ६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रवार आयोजित कार्यशालाले ११ बुँदे निष्कर्षसहित समयानुकूल आधुनिक प्रविधिको समुचित प्रयोग गर्न र सञ्चालक तथा कर्मचारीलाई दक्ष बनाउन समयसमयमा विषयगत तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीगो सहकारी निर्माणका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनामार्फत विद्यमान तरलता अभाव लगायतको निराकरण गर्नुपर्ने भन्दै कार्यशालाले सदस्यतामा संख्यात्मकभन्दा गुणात्मक तवरले वृद्धि गर्नुपर्ने र सदस्य ग्राहक नभई मालिक बन्नुपनेमा जोड दिएको छ । 
       
नियमित सदस्यको राय, सल्लाह तथा सुझावको ग्रहण गर्ने र क्रमिक रूपमा कार्यान्वयन गर्ने संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै सञ्चालक र कर्मचारीको छुट्टाछुट्टै भूमिकाको पहिचान, मूल्यांकन र स्वमूल्यांकन गरी कमजोर पक्षलाई योजनाबद्ध सबल र सक्षम बनाइ सहकारीको सु–सञ्चालन गर्नुपर्ने भनिएको छ । नियामक निकायले निरन्तर सहकारीका समग्र गतिविधिको प्रारम्भिक अनुगमन गरी आवश्यकताअनुसार सघन अनुगमनको व्यवस्थामार्फत सहकारी ऐन नियमअनुसार सञ्चालन गराउनुपर्ने निष्कर्षमा उल्लेख छ ।     


Advertisment
Nabil box
Kumari

तरलता व्यवस्थापन र ऋण असूलीलाई प्रभावकारी बनाउन सर्वप्रथम नेतृत्व र एकाघर परिवारमा भएको खराब कर्जा असूली गर्नु गराउनुपर्ने जनाइएको छ । सहकारी अभियानविरुद्ध भइरहेको आक्रमणलाई निस्तेज पार्न सबै सहकारी संघसंस्था र नियामक निकाय प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याइएको छ । 

Vianet communication

सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरी सदस्यलाई निरन्तर सहकारी शिक्षा प्रदान गर्दै संस्थाप्रति प्रेमभावको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । सहकारीलाई उत्पादनसँग जोडेर एक सहकारी एक उत्पादन कार्यक्रमलाई सार्थक बनाउनुपर्ने भनिएको छ ।    
          
कार्यशालामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारी क्षेत्रको समस्यालाई अवसरको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले समस्यासँगै नयाँ नीति तथा कानून बन्ने र समस्यासँग जुध्ने क्षमताको विकास हुने बताए । अहिलेको मुख्य समस्या खराब नियत भएकाले सहकारी सञ्चालन गरेको, बढी ब्याजको प्रलोभन देखाएर सदस्य ठगिने गरेको बताउँदै उनले त्यसो हुन नदिन सहकारी सञ्चालक, कर्मचारी र स्वयं शेयर सदस्य चनाखो हुनुपर्नेमा जोड दिए ।
         
सहकारी समितिका अध्यक्ष रविरमण तिवारी र नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसमा सहकारी रजिस्ट्रारको कार्यालयका ईश्वरी ढकाल र नेफ्स्कुनकी सञ्चालक कमलादेवी गिरीले टिप्पणी गरेका थिए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, दुग्ध सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेल लगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्दै यसलाई सर्वसाधारणले विश्वास एवं भरोसा गर्ने तवरबाट अघि बढाउनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x