
नेपालको चीनसँग जोडिएको उत्तरी सीमानाका रसुवा बन्दरगाहमा शनिवारदेखि यात्रु ओहोरदोहोर शुरू भएको छ ।
चिनियाँ पक्षले बन्दरगाहमा कार्यक्रम नै राखेर नेपालीको पहिलो समूहलाई स्वागत गरेको नेपालका लागि चिनियाँ राजदूत चेन सङले जानकारी दिए ।
उनले ट्विटरमा लेखेका छन्, ‘बधाई छ ! जिलोङ (रसुवा) बन्दरगाहमा आजदेखि यात्रु ओहोरदोहोर सुचारु भएको छ । रसुवा पुल पार गरेर चीन प्रवेश गरेका नेपाली साथीहरूको पहिलो समूहलाई स्वागत ! यसले द्विपक्षीय सहयोग र जनता–जनताको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास लिएको छु ।’


