काठमाडौँ, १४ भदौ- अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानुनी ब्यवस्था हुन लागेको खबर गोरखापत्रले छापेको छ ।

यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा संशोधन कार्यान्वयन नहुँदै पुनः परीक्षामा फेल भए पनि सुविधा दिने गरी संशोधन हुन लागेको हो ।