कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रूपन्देहीको सैनामैनाकी रेखा राना मगरले आफ्नो जीवन सामान्य अवस्थामा फर्किने आशा मारिसकेकी थिइन् । १० वर्षकै उमेरमा दुवै कानले एक्कासी सुन्न छाडेपछि रानाले ठानेकी थिइन्, ‘समय, जीवन र रंगीन दुनियाँ सबै गुमाएँ ।’
घरपरिवार, अपाङ्गता क्षेत्रका काम गर्नेहरूले दिलाएको उनको जीवनमा सुखद दिनहरू अहिले देखिएका छन् । उनले अहिले उद्यम गरेर आफू मात्र आत्मनिर्भर भएकी छैनन्, धेरैलाई रोजगार समेत दिने बाटोमा अघि बढेकी छन् ।
विद्यालय पढ्दै गर्दा उनी बिरामी परिन् । पहिलोपटक महिनावारी भएको बेला उनलाई ठूलो ज्वरोले गाल्यो । उपचार गर्न अस्पताल पुग्दा उनको कानमा पनि समस्या देखियो । कानमा पिलो आएको जस्तो भयो । त्यसको उपचार पनि रानाले विभिन्न अस्पतालमा गराइन् तर निको भएन । कान बिस्तारै कम सुन्दै गइन्, धेरै ठाउँ धाउँदा पनि निको भएन । उनी पूर्ण रूपमा ‘बहिरोपना’को शिकार भएको अस्पतालले खुट्याएपछि तनावमा समेत गइन् ।
सानो उमेरमा नै कान नसुन्ने पीडाका कारणले उनले समाज, घरपरिवार तथा अन्य व्यक्तिसँग घुलमेल हुने, समाजसँग अन्तर्क्रिया गर्ने काम बिस्तारै बन्द भयो । घरमा यत्तिकै बसेको समयमा उनले सिलाइ सिक्ने योजना बनाइन् । घरमा नै पुरानो मशिन लिएर पहिला त फाँटेका लुगा, गाउँमा उद्र्रिएका सिलाइकटाई गर्दै उनले व्यावसायिक रूपमा हात हालेकी छन् ।
झण्डै ३ वर्ष पहिला उनले व्यावसायिक रूपमा सिलाइकटाई तालिम लिइन् । सोहीबाट उनले आफू मात्रै होइन, अरुलाई समेत रोजगारी दिन सफल भएकी छन् । अरुले भनेको नसुने पनि यूट्युबबाट हेर्दै, कोर्दै काट्दै सिक्दै गर्दा उनी बुटवलको बेलबासस्थित एक गार्मेन्ट उद्योगमा समेत काम गरिन् तर सीप भए पनि अन्य व्यक्तिहरूसँगको सञ्चार अभावको कारणले उनले त्यहाँबाट छाड्नुपर्यो । पूर्ण रूपमा बहिरा भएको कारणले उनले घरमा नै रेखा टेलरिङ सेन्टर स्थापना गरेर व्यावसायिक उत्पादनमा लागेकी छन् ।
‘आफैंले आफ्नो भरोसा र मेहनत गरेर २–४ पैसा पैसा कमाएर खाएको छु । दुनियाँले मेरो अपाङ्गताको मजाकमा उडाएर मेरो काम र मेहनतलाई तल नपार्दा हुन्छ,’ उनी भन्छिन् ।
सधैं रातदिन रुँदै बस्ने गर्थिन् । कोहीसँग नबोल्ने । सबैबाट टाढिँदै गइन् । सदैव एक्लो लाग्थ्यो, रोएर बस्नु, चुपचाप बस्नु उनको दिनचर्या जस्तै थियो ।
अपाङ्गता क्षेत्रका संस्थाहरूसँग नजिकिँदै गइन् उनी । ‘सबैले मलाई हौसला दिन्थे, तिमी बोल्नुपर्छ भनेर । सबैको सल्लाहले आत्मबल मिल्दै गयो । अनि म नि केही गर्न सक्छु भन्ने आँटमा पुगें । त्यसैले त मैले यो कामलाई आफ्नो आयआर्जनमा रोजें,’ उनी भन्छिन् ।
केही वर्ष अगाडिसम्म ‘द ल्याप्रोसी मिसन नेपालको फाउन्ड’ परियोजनामार्फत उनले २३ हजार ५०० रुपैयाँ पुँजीमार्फत रकम प्राप्त गरेकी थिइन् । त्यसलाई समेत उनले व्यवसायमा लगाइन् । केही समय पहिला सैनामैना नगरपालिकाको आयोजनामा भएको कुसन तथा डल बनाउने तालिम समेत उनले लिइन् । अहिले महिलाका सबै पोशाकहरू सिलाउँदै आएकी छन् । यसका अलावा कपडाको माक्स, रूमाल, हाते झोला सहितका विभिन्न पोशाक बनाएर बिक्री वितरण गर्दै आएकी छन् ।
कान नसुन्ने भएका कारण ग्राहकले केही झन्झटिलो मान्ने गरे पनि लेखेर, सांकेतिक रूपमा कुरा गर्दै काम गर्ने गरेको उनको भनाइ छ । शुरूआती दिनमा महिनामा २० हजारसम्मको आम्दानी गर्दै आएको बताउँदै उनले अहिले केही रकम घटेका बताइन् । मेहनत गर्ने हो भने अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।
परिवारमा बुवाआमाको सहयोगबाट नै हालसम्म यो स्थानमा आउन सफल भएको बताउँदै रेखाले आगामी दिनमा आफूले सिकेको सीपलाई अझ विस्तार गर्ने योजना बनाएको बताउँछन् । उनी भन्छिन्, ‘अझ यसलाई विस्तार गर्दै आगामी दिनमा बृहत बनाउने सोच रहेको छ ।’
पारिवारिक सहयोगका कारण नै समाजको मूलधारमा आउन सफल भएको भन्दै उनले कानको समस्या हुँदा पनि सामाजिक क्षेत्रमा समेत क्रियाशील हुँदै आएको बताइन् । विभिन्न संघसंस्थामा समेत आवद्ध रहेकी उनले सामाजिक क्षेत्रमा समेत क्रियाशीलता बढाउँदै गएकी छन् ।
शिक्षक बन्ने ठूलो रहर थियो रेखाको तर अपाङ्गता भएपछि अहिले उनी टेलरिङमा नै खुशी छिन् । ‘आफ्नो हातमा भएको सीपलाई निरन्तरता दिन पाउँदा खुशी छु,’ रेखा भन्छिन्, ‘मैले सेवा दिएका मान्छेहरू मेरो सिलाइको डिजाइन मन पराउँछन्, त्यसमा झनै खुशी लाग्छ ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...