०८ साउन २०८३, शुक्रबार

शान्ति मिसनमा सेनाका फौज थपिँदै

कात्तिक २०, २०७४
शान्ति मिसनमा सेनाका फौज थपिँदै
काठमाडौं, १४ भदौ- संयुक्त राष्ट्रसंघले नेपाली सेनाका २ हजार ४ सय थप जनशक्ति शान्ति मिसनअन्तर्गत विभिन्न मुलुकमा खटाउने तयारी गरेको छ । यसबाट नेपालमा वार्षिक थप ४ अर्ब रुपैयाँ भित्रने छ ।army_1

शान्ति स्थापनामा नेपाली सेनाले पु-याएको योगदानको कदर गर्दै राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकहरूमा सेनाका थप फौज परिचालन गर्न सकिने जनाएको हो । अहिले प्रजातान्त्रिक गणतन्त्र कंगो, सुडान, दक्षिण सुडान, माली, लेबनान, सिरियालगायत १४ मिसनमा सेनाका जनशक्ति खटिँदै आएका छन् ।

राष्ट्रसंघले सैनिक अधिकृत, पदिक र अन्य दर्जा गरी २ हजार ४ सय जनशक्तिलाई अब्जर्भर, स्टाफ अधिकृत, पल्टन, सैनिक प्रहरी, स्पेशल फोर्स, ब्याकअप फोर्स, अस्पताल, इन्जिनियरिङ कम्पनीलगायत ९ वटा शीर्षकमा खटाउन सकिने जानकारी सेनालाई दिएको हो ।

नेपालले कुल फौजको १० प्रतिशत जनशक्तिलाई मिसनमा खटाउन सकिने जानकारी राष्ट्रसंघलाई दिइसकेको छ । करिव ९६ हजार जनशक्ति तैनाथ रहेकोमा ९ हजार ६ सय भन्दा बढी फौज मिसनमा तैनाथ गराउने क्षमता रहेको जानकारी यसअघि नै राष्ट्रसंघलाई गराइसकेको सेनाले जनाएको खबर कारोबारमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्