
१० वैशाखमा ३ वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि एमालेले उम्मेदवार तय गर्दैछ । केन्द्रीय सचिवालयले उम्मेदवार तय गर्न लागेको हो । बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेकाे छ ।
यस अघि जिल्लाबाट उम्मेदवारमा सिफारिसमा परेका पूर्व आइजिपी सवेन्द्र खनाल तनहुँ १ बाट एमाले उम्मेदवार बन्ने भएका छन् । जिल्ला नेतृत्वले खनाललाई उम्मेदवार बनाउन अध्यक्ष केपी ओलीसमक्ष पटकपटक आग्रह गरिसकेका छन् । यो आहग्रपछि एमालेको सचिवालय बैठकले खनाललाई उम्मेदवार बनाउन लागेको हो ।
नेपाल प्रहरीका पूर्व आईजीपी खनाल ४ मंसिरको निर्वाचनमा एमालेबाट काठमाडौं ६ बाट प्रतिनिधिसभा पराजित भएका थिए ।
खनाल रास्वपाका शिशिर खनालसँग पराजय बेहोरको थिए । खनालले १४२०४ मत पाउँदा पराजित एमालेका सर्वेन्द्रले ८९११ मत ल्याएका थिए ।
कांग्रेसका भीमसेन दास प्रधानले ८८०५, राप्रपाका विष्णुप्रसाद आचार्यले १९८० र स्वतन्त्रका सञ्जयमान श्रेष्ठले ५४६ मत ल्याएका थिए ।
तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबा स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् ।
एमालेले चितवन र बारा २ मा पनि उम्मेदवारको टुंगो लगाउँदै छ । चितवन २ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उम्मेदवार बन्दैछन् ।
बारा २ मा जसपाबाट उपेन्द्र यादव, जनमबाट शिवचन्द्र कुशवाहा, लोसपाबाट राजेन्द्र महतो र रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्दैछन् ।