१० साउन २०८३, आइतबार

एकको बदला तीन भएपछि मात्रै सरकारबारे सोच्छौँः लामिछाने

एकको बदला तीन भएपछि मात्रै सरकारबारे सोच्छौँः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी तत्काल सरकारमा नजाने बताएका छन् । स्थिरता र समग्र विषयलाई ध्यान दिँदै उपनिर्वाचनपछि भने यसबारे सोच्न सकिने उनको भनाइ छ । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले  सरकारमा सहभागी हुनका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी विषय सरकारको नीति तथा कार्यक्रममा आउनुपर्ने पार्टीको पहिलो सर्त भएको बताए । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको फाइल खोलिनुपर्ने विषय नीति तथा कार्यक्रममा आउनुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘सबै विषयलाई हेरेर र मुलुकको स्थिरतालाई पनि ध्यानमा राखेर हामी निर्णय गछौँ । तर पहिला एकको बदला तीन गरेर मात्रै थप निर्णय हुन्छ, अहिले विचाराधीन नै अवस्थामा छौँ ।’ पार्टीले सबै निर्णय गर्दा मुलुकको हितलाई ध्यानमा राख्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्