०७ असार २०८३, आइतबार

दिलबहादुर र विवेक कन्दङवाको जोडीले जित्यो जनजाति कप ब्याडमिन्टनको उपाधि

दिलबहादुर र विवेक कन्दङवाको जोडीले जित्यो जनजाति कप ब्याडमिन्टनको उपाधि

पाख्रिन तामाङ समाजको आयोजनामा भएको एक दिने वृहत् जनजाति कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि दिलबहादुर कन्दङवा र विवेक कन्दङवाको जोडीले जितेको छ । ​

ललितपुरस्थित रिभाइभ लिजर पार्कको हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा दिलबहादुर र विवेकको जोडीले विकास महर्जन र  सुमन महर्जन (रत्न) को जोडीलाई पराजित गरेको हो  ।

महर्जन जोडी उपविजेता बन्दा दीपेन महर्जन, रदीप महर्जनको जोडी तथा राम राई र प्रकाश राईको जोडी तेस्रो भएको पाख्रिन समाजका अध्यक्ष शुक्र पाख्रिनले जानकारी दिए । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई पूर्वमन्त्री एवं एमाले नेता शेरबहादुर तामाङ र नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले कप, मेडल, सर्टिफिकेट र टिसर्ट वितरण गरे ।

बक्सिङ खेलाडी सम्मानित 

यसैबीच समाजले एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्ने सुष्मा तामाङलाई पनि सम्मान गरेको छ ।

उनलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको पाख्रिनले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्