
फिफा विश्वकप अन्तर्गत समूह 'जी' को रोमाञ्चक खेलमा इरानले न्युजिल्याण्डविरुद्ध पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको छ।
खेलको सातौँ मिनेटमै १-० ले पछि परेको इरानले ३२औँ मिनेटमा गोल गर्दै १-१ को बराबरी गरेको हो।
इरानका लागि रमिन रेजाएआनले ३२औँ मिनेटमा सटिक प्रहार गर्दै गोल गरे। यसअघि खेलको सुरुवातमै न्युजिल्याण्डका एलिजाह जस्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। खेल जारी छ ।