२९ जेठ २०८३, शुक्रबार

मकै खेती गर्ने किसानलाई बुटवल उपमहानगरपालिकाले दियो कृषि सामग्री

मकै खेती गर्ने किसानलाई बुटवल उपमहानगरपालिकाले दियो कृषि सामग्री

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।
 शनिबार बुटवल १४ मोतीगञ्जमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गरे । 
उपकरण तथा सामग्री हस्तान्तरण गर्दै पाण्डेयले तिनाउ पश्चिमका वडाहरुलाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयाँ अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए ।  

मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको र बुटवल उपमहानगरपालिकाको सहयोगमा वार्षिक ५० लाखसम्म आम्दानी गर्न सफल भएको बताए  । 
 

salt training

कमेन्ट गर्नुहोस्