०५ असार २०८३, शुक्रबार

एक्लिदै कोरिया, जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेपछि रिसायो रसिया

कात्तिक २०, २०७४
एक्लिदै कोरिया, जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेपछि रिसायो रसिया

मस्को, १४ भदौ । रसियाले जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गर्ने प्योङ्याङको निर्णय चिन्ताजनक भएको जनाएको छ । 
रसियाका उपविदेश मन्त्री सेर्गेई ¥यावकोभले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम बारेको विवाद चर्कने क्रममा रहेको देखिएको भन्दै यसबाट यसक्षेत्रको समग्र सुरक्षामा समस्या आउनसक्ने बताउनुभएको हो । 
उहाँले उत्तर कोरियालाई भड्काएको भनेर संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकोसमेत आलोचना गर्नुभएको छ । 
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले उसका छिमेकी र संयुक्त राष्ट्र संघको अपमान गरेको बताउनुभएको छ । 
ट्रम्पले सबै विकल्पहरु वार्ताको टेबलमा रहेको बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्