२३ असार २०८३, मंगलबार

ट्राफिक प्रहरीद्वारा १ करोड ८९ लाख राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा १ करोड ८९ लाख राजस्व संकलन
प्रतिकात्मक तस्वीर

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा १ करोड ८९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । 

ट्राफिक नियमको उल्लंघन गर्ने २१ हजार २०० सवारीसाधनमाथि कारबाही गरी १ करोड ८९ लाख १२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।

चालू आव २०७९/८० को ८ महिनामा पर्सा जिल्लामा भएका २८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । पर्साको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा २७ पुरुष, ३ महिला, ३ बालक गरी ३३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बढ्दो सवारीसाधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्