२८ असार २०८३, आइतबार

जापान र चीनका परराष्ट्रमन्त्रीबीच भेटघाट, सम्बन्ध सुधार्ने पहल

चैत १९, २०७९
जापान र चीनका परराष्ट्रमन्त्रीबीच भेटघाट, सम्बन्ध सुधार्ने पहल

चीनका परराष्ट्रमन्त्री छिन काङले आइतवार जापानका परराष्ट्रमन्त्री योशिमासा हायाशीसँग भेटघाट गरेका छन् । 

हायाशी दुई दिनका लागि चीन भ्रमणमा छन् । 

कुनै जापानी परराष्ट्रमन्त्रीले चीन भ्रमण गरेको तीन वर्षमा यो पहिलो अवसर हो । 

यो वर्ष चीन र जापानबीच शान्ति तथा मैत्री सन्धि गरिएको ४५ वर्ष पुग्दैछ । 

हायाशीको भ्रमणअघि चीनले दुई देशबीच संवाद र सञ्चार बलियो बनाउन, व्यावहारिक सहकार्य गहिरो बनाउन तथा नयाँ युगसुहाउँदो सिर्जनात्मक तथा स्थिर सम्बन्ध प्रवर्धन गर्न आफू तयार रहेको जनाएको थियो । 

चीन घेराबन्दीका लागि अमेरिकाले बनाएको रणनीतिको प्रमुख कार्यान्वयनकर्ता भएकाले जापानसँग चीनको सम्बन्ध चिसो बन्दै गएको थियो । हायाशीको भ्रमणले त्यस चिसोपनालाई हटाउने अपेक्षा गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्