
पाकिस्तानको बलुचिस्तानमा सेनामाथि सांघातिक आक्रमण भएको छ ।
इरान सीमा नजिक एक उग्रवादी संगठनले गरेको आक्रमणमा चारजना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाले आइतवार यस आक्रमणको पुष्टि गरेको छ ।
केच जिल्लाको जलगाई सेक्टरमा आतंकवादी आक्रमण भएको सेनाले जनायो । इरानमा सक्रिय आतंकवादीहरूले यो आक्रमण गरेको सेनाको भनाइ छ ।
सीमामा सेनाले नियमित गश्ती गरिरहेको बेलामा आक्रमण गरिएको बताइएको छ ।
आतंकवादीहरूका विरुद्ध प्रभावकारी कारवाही पाकिस्तानी सेनाले चलाइरहेकोमा उनीहरू आक्रोशित भई आक्रमण गरेको सेनाको भनाइ छ ।
इरान सरकारलाई यी आतंकवादी आक्रमण रोक्नका लागि पहल गर्न समेत भनिएको सेनाको भनाइ छ ।