२७ जेठ २०८३, बुधबार

सरकारद्वारा चार सचिवको सरुवा, को कहाँ ?

कात्तिक २०, २०७४
सरकारद्वारा चार सचिवको सरुवा, को कहाँ ?
काठमाडौं १४ भदौ – सरकारले नेपाल सरकारका चारजना सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले चारजना सचिवको सरुवा गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार भूमिसुधार मन्त्रालयका सचिव कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

भूमिसुधार मन्त्रालयमा शम्भु कोइरालालाई लगिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमा कृष्णराज बिसीलाई लगिएको छ । यस्तै पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई लगिएको मन्त्री बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्