
गायक एवं सर्जक प्रशान्त पौडेलले तीन दिनअघि सार्वजनिक गरेको गीतले स्रोता/दर्शकको माया पाउँदैछ ।
पौडेलले आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘छैन भुलेको’लाई स्रोता एवं दर्शकले रुचाएका हुन् । गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर १० मा उक्लिएको छ । १ लाख ४० हजार भ्युज आइतबार दिउँसोसम्म यस गीतलाई मिलेको छ ।
स्टुडियोभित्र ‘लिप्सिङ’को सामान्य भिडियोसहित गीत सार्वजनिक गरिएको हो । भिडियोमा गायक पौडेल स्वयंम प्रस्तुत छन् ।
अजय रेग्मीको छायाँकन रहेको भिडियो प्रविन भट्टको सम्पादनपछि सर्जक एवं गायक पौडेलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यसैवर्ष पौडेलले ल्याएका ‘सान्नानी जाम पोखरा’, ‘चिसो पानी सोल्टीनी’, ‘हितैको मायालु’ लगायतका गीतलाई स्रोता दर्शकले रुचाएका थिए ।