०८ असार २०८३, सोमबार

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर १० र २१ गते

कात्तिक २०, २०७४
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर १० र २१ गते
काठमाडौं १४ भदौ - सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको छ । पहिलो चरणको चुनाव मंसिर १० र दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणमो चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

यसअघि सरकारले पहिलो प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनाव मंसिर १० गते गर्ने निर्णय गरेको थियो । हिमाली र उच्च पहाडी भेगमा मंसिर १० तथा तराइ र पहाडी क्षेत्रमा मंसिर २१ गते संसदको चुनाव गर्ने सरकारले निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्श अनुसार नै दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय भएको मन्त्री बस्नेतले बताए । सरकारले चुनावको मिति घोषणा गरेपनि निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन अक्रै बुझाउन सकेको छैन् ।

salt training

कमेन्ट गर्नुहोस्