०५ साउन २०८३, मंगलबार

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
फाइल फोटो

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 

सोमवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सोमवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मंगलवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका १–२ स्थानमा  मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका  पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधवार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

salt training

कमेन्ट गर्नुहोस्