
छोरीले आमाको हत्या गराइन् भन्दा पत्यार लाग्दैन । तर ‘लभर’सँग भेट्न रोकेको बहानामा भर्खर १४ वर्ष लागेकी एक बालिकाले आमाको हत्या गरेकी छन् ।
द सनमा प्रकाशित रिपोर्टअनुसार रुसमा भएको घटनामा प्रेमीप्रेमिकाले मिलेर हत्या गरेका हुन् ।
आफ्नै घरको फ्ल्याटमा बस्ने किशोरसँग लभमा परेकी बालिकाले आमाको हत्या गर्नेसम्मको अपराध गराएकी छन् । आमाले कम उमेरमै गलत संगत गर्न नहुने भन्दै ती किशोरलाई भेट्नबाट रोकेकी थिइन् ।
हत्याका लागि दुवै प्रेमीप्रेमिकाले ३ हजार ६५० पाउन्ड रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ ।
दर्दनाक तरिकाले हत्या गरेपछि उनको शव प्लास्टिकमा बेरेर फालिएको थियो । हत्या गरिएको बेवारिसे शव फेला परेपछि अनुसन्धान हुँदा घटना छोरी र छोरीका प्रेमीसम्म पुगेको हो । शव बरामद गर्दा त्यहाँ रहेका एक प्रत्यक्षदर्शीले भने, ‘मृतक महिलालाई कुटपिट गरिएको थियो र घाँटी दबाइएको थियो । किनकि उनको अनुहार रातो र सुन्निएको थियो ।’
हत्यामा संलग्न व्यक्तिहरूको उमेर पनि १४–१७ वर्षसम्म रहेको समाचारमा उल्लेख छ । छोरीले आमाको बचत रकम ३० हजार पाउन्डमा मोजमस्ती गरेर जीवन बिताउने सोच बनाएकी थिइन् । जुन सोचलाई पूरा गर्न उनले अपराधको बाटो लिएकी छन् ।