२१ जेठ २०८३, बिहीबार

बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय

बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय

वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले बारा–२ मा पुरुषेत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तनहुँ र चितवनको उम्मेदवार टुंगाए पनि एमालेले बाराको उम्मेदवार सोमवार मात्र टुंगाएको हो । पौडेल पूर्व मन्त्री हुन् । पार्टीले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

बारामा सत्ता गठबन्धनले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेर उम्मेदवारी दिएको छैन । जनमत पार्टीले शिवचन्द्र कुशहवा र रास्पवाले रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

उपनिर्वाचन हुने क्षेत्रमा सोमवार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्