×

NMB BANK
NIC ASIA

‘प्रसाद २’ निर्माताको अनुरोध – चलचित्र रिलिजमा सहयोग गरिदिनुहोस्

‘चलचित्र रिलिजपछि ​पहिला तिर्नु पर्नेलाई सबै रकम तिरेर मात्र आफ्नो भागको लिनेछु’

चैत २०, २०७९

NTC
Premier Steels

सुरुवाती समयदेखि नै पटकपटक विवादमा फस्दै आएको चलचित्र हो, ‘प्रसाद २’ ।

Muktinath Bank

कलाकारको पारिश्रमिकको विवाददेखि सुटिङमा कोरस डान्सर ढल्दा पनि निर्माण युनिटले बेवास्ता गरेको विवाद यसअघि चलचित्रले भोगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला पनि चलचित्र विवादमा छ ।


Advertisment
Nabil box
Kumari

चलचित्रका निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा जाहेरी दर्ता छ ।

Vianet communication

यसै चलचित्रका पूर्वनिर्माता रहेका केशव पाण्डेले थापाविरुद्ध चेक बाउन्स र ठगी आरोपमा केही दिनअघि उजुरी दर्ता गरेका हुन् । 

‘प्रसाद २’ आगामी शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ।

यद्यपि, छायाँकनदेखि प्रदर्शन मिति आउँदासम्म विवादले नछोडेको कारण चलचित्रलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भएका छन् । 

यसै बीच, निर्माता सुवास थापाले चलचित्र प्रदर्शनमा सहयोगका लागि सबैमा आग्रह गरेका छन् । 

सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निर्माता थापाले आफ्नो नियत खराब नभएको र नियतिका कारण आफूले बचन पुरा गर्न नसकेको बताएका छन् ।

उनले चलचित्र रिलिजपछि पहिले आफूले तिर्नु पर्नेलाई रकम तिर्ने र त्यसपछि मात्र आफूले लिने बताएका छन् । 

‘हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नु पर्नेलाई  दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ’ उनले लेखेका छन् ‘यो चलचित्रमा धेरैको मेहनत छ । तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने वातावरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु ।’

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापालगायत शीर्ष भूमिकामा छन् । चलचित्रले जातीय विभेदविरुद्ध सन्देश बोकेको निर्माण टिमको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x