भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा छन् ।
मर्निङ कन्सल्ट नामक कम्पनीले चार दिनअघि सार्वजनिक गरेको सूचीमा मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पछि पारेका छन् ।
मोदीको समर्थन सूचकांक ७६ प्रतिशत छ भने उनीपछि दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर छन् ।
मार्च २२ देखि २८ सम्म संकलन गरेको आँकडाका आधारमा यो सर्वेक्षणको नतिजा निकालिएको मर्निङ कन्सल्टले जनाएको छ ।
कुल २२ जना नेताको बारेमा सर्वेक्षण गरिएकोमा दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योल अन्तिममा छन् । उनको समर्थन सूचकांक जम्मा १९ प्रतिशत छ ।
सर्वेक्षणमा सबै अन्तर्वार्ताहरू अन्लाइन लिइएको र देशका विभिन्न समूहका वयस्क मानिसहरूको राय लिइएको मर्निङ कन्सल्टले जनाएको छ ।
यो सूची लगातार अद्यावधिक गर्ने गरिएको छ । यसमा बाइडन सातौं स्थानमा छन् ।
Global Leader Approval: *Among all adults
— Morning Consult (@MorningConsult) April 1, 2023
Modi: 76%
López Obrador: 61%
Albanese: 55%
Meloni: 49%
Lula da Silva: 49%
Biden: 41%
Trudeau: 39%
Sánchez: 38%
Scholz: 35%
Sunak: 34%
Macron: 22%
*Updated 03/30/23https://t.co/Z31xNcDhTg pic.twitter.com/sDRneBzB1Z